एसएसपी अधिकारीलाई ७ दिन म्याद थप
समाधान संवाददाता
२०७७ साउन १ गते १९:३९
समाधान संवाददाता, पोखरा
बलात्कार आरोपमा बुधबार पोखराबाट पक्राउ परेका सशस्त्रका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई घटना अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत कास्कीबाट बिहीबार घटना छानबिनका लागि प्रहरीले म्याद थप गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका प्रमुख एसएसपी अधिकारीविरुद्ध बलात्कारको आरोप छ ।
बुधबार दिउँसो चितवनकी २७ वर्षीया १ युवतीले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरी कन्ट्रोल रुममा खबर गरेपछि अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
घटना अनुसन्धानकै क्रममा रहेकाले छानबिनको लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया