लायन्स बेगनास तालनगरीमा अरुण

ऋषिराम रानाभाट २०८१ वैशाख १६ गते १२:४९

लेखनाथ ।
लायन्स क्लब अफ बेगनास तालनगरीको अध्यक्षमा अरुणचन्द्र सुवेदी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एल अन्तरगत रहेको बेगनास तानगरीको १० औं वार्षिक अधिवेशनले सुवेदीलाई क्लबका सबै सदस्यहरुको पूर्ण सहमतका साथ सुवेदीलाई आगामी लायन वर्ष २०२४/२५ का लागि निर्वाचित गरेको हो ।


क्लबको प्रथम उपाध्यक्षमा सपना सुवेदी, द्वितीय उपाध्यक्षमा धु्रवराज त्रिपाठी र तृतीय उपाध्यक्षमा विजयराज कँडेललाई सदस्यहरुले सर्वसम्मत रुपमा निर्वाचित गरेको निर्वाचन मण्डलका सदस्य एवं क्लबका पूर्वअध्यक्ष शक्तिश्री तिवारीले जानकारी दिइन् ।


क्लबका सचिवमा वर्षा मगर, कोषाध्यक्षमा तारा सुवेदी, सहसचिवमा सुमन अधिकारी, सहकोषाध्यक्षमा विमला सोती पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको एलसिआइएम कोअडिनेटरमा त्रिलोचन लामिछाने, एड्मिनिस्ट्रेडमा शक्तिश्री तिवारी, मेम्बरसिप चियर पर्सनमा सूर्यप्रसाद लामिछाने निर्वाचित भएका छन् ।

Advertisement


क्लबका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान अध्यक्ष बिदुर त्रिपाठी, संस्थापक अध्यक्ष ऋषिराम रानाभाट, पूर्वअध्यक्ष केशवराज तिवारी, शक्तिश्री तिवारी, पूर्व अध्यक्ष एवं रिजन चियर पर्सन प्रभा भुजेल लगायतले नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई बधाई दिँदै आगामी कार्यकालमा क्लबलाई उत्कृष्ट बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


नवनिर्वाचित अध्यक्ष अरुण चन्द्र सुवेदीले आफूले क्लबका सम्पूर्ण सदस्यहरुलाई समेटेर अगाढि बढ्ने बताउँदै आगामी कार्यकालको भावी योजनाका बारेमा चर्चा गरेका थिए । क्लबमा नयाँ सदस्य थप्न प्रयास गर्ने बताउँदै नव निर्वाचित अध्यक्ष सुवेदीले क्लबका पदाधिकारी एवं पूर्वअध्यक्षहरुलाई सहयोग गर्न आग्रह गरेका थिए । क्लबका सचिव सपना सुवेदीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया