वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा

समाधान संवाददाता २०७७ साउन ८ गते ९:१२

एजेन्सी

वेष्ट ब्रोम पुनः प्रिमियर लिगमा फर्किने भएको छ । च्याम्पियनसिप अन्तर्गत बुधबार राति भएको आफ्नो अन्तिम खखेलमा क्यूपीआरसँग बराबरी खेले पनि दोस्रो स्थानमा रहेर वेष्ट ब्रोम प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा वेष्ट ब्रोमले क्वीन्स पार्क रेन्जर्ससँग २–२ को बराबरी खेलेको हो । ब्रेन्टफोर्ड बार्नस्लीसँग २–१ ले पराजित भएपछि पनि वेष्ट ब्रोमको बढुवा सहज भएको हो ।

Advertisement

दोस्रो स्थानको वेष्ट ब्रोमको ८३ तथा तेस्रो स्थानको ब्रेन्टफोर्डको ८१ अंक भयो। ब्रेन्टफोर्डले बढुवाका लागि प्लेअफ खेल्ने पाउने छ ।

Advertisement

तपाईको प्रतिक्रिया