बुद्धको होलीडे प्याकेजः ६ हजारमा पोखरा, केके छन् सुविधा ?

समाधान संवाददाता २०७७ साउन ११ गते १५:११

समाधान संवाददाता, पोखरा

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलीडेजले थलिएको पर्यटन क्षेत्रलाई चलायमान उद्देश्यले पोखरा र चितवनको लागि विशेष प्याकेज सार्वजनिक गरेको छ ।

भदौ १ गतेदेखि आन्तरिक हवाई उडाउन खुल्ने तयारी भइरहेकाबेला सोहीमितिदेखि नै लागु गर्ने गरी बुद्धले प्याकेज सार्वजनिक गरेको हो ।

Advertisement

५ हजार ९ सय ९९ रुपैयाँमा २ रात ३ दिनको पोखराको प्याकेज कम्पनीले तोकेको छ । २ तर्फी हवाई टिकट समावेश गरिने कम्पनीले जनाएको छ । होटलको कोठा, बिहानको खाजा र पोखरा एयरपोर्टमा पिकअप एन्ड ड्रपको व्यवस्था सोही मूल्यमा समावेश हुनेछ ।

चितवनका लागि ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज कम्पनीले ल्याएको छ । प्याकेजमा २ तर्फी हवाई टिकट, तिन तारे होटलको बसाई, बिहानको खाजा र सौराहासम्म पिकअप एन्ड ड्रपको व्यवस्था रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो योजना सीमित अवधिका लागि हुने कम्पनीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया