बुद्धको होलीडे प्याकेजः ६ हजारमा पोखरा, केके छन् सुविधा ?

समाधान संवाददाता, पोखरा
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलीडेजले थलिएको पर्यटन क्षेत्रलाई चलायमान उद्देश्यले पोखरा र चितवनको लागि विशेष प्याकेज सार्वजनिक गरेको छ ।
भदौ १ गतेदेखि आन्तरिक हवाई उडाउन खुल्ने तयारी भइरहेकाबेला सोहीमितिदेखि नै लागु गर्ने गरी बुद्धले प्याकेज सार्वजनिक गरेको हो ।
५ हजार ९ सय ९९ रुपैयाँमा २ रात ३ दिनको पोखराको प्याकेज कम्पनीले तोकेको छ । २ तर्फी हवाई टिकट समावेश गरिने कम्पनीले जनाएको छ । होटलको कोठा, बिहानको खाजा र पोखरा एयरपोर्टमा पिकअप एन्ड ड्रपको व्यवस्था सोही मूल्यमा समावेश हुनेछ ।
चितवनका लागि ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज कम्पनीले ल्याएको छ । प्याकेजमा २ तर्फी हवाई टिकट, तिन तारे होटलको बसाई, बिहानको खाजा र सौराहासम्म पिकअप एन्ड ड्रपको व्यवस्था रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो योजना सीमित अवधिका लागि हुने कम्पनीले जनाएको छ ।









क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया