सुजुकीको भिटारा ब्रेजा सार्वजनिक

पोखरा
मारुती सुुजुकी ब्रान्डको पेट्रोल इन्जिन जडित भिटारा ब्रेजा गाडीको पोखरामा बिक्री शुभारम्भ गरिएको छ ।
सुजुकीको पोखरा तथा यस क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिले साेमबारदेखि उक्त गाडीको बिक्री आरम्भ गरिएको जनाएको छ ।
बतासका प्रमुख अपरेटिङ अफिसर (सिओओ) राजेश रानाभाट तथा डेपुटी महाप्रवन्धक विश्वमणि भण्डारीले १ हजार ५ हजार सिसी क्षमताको पेट्रोल इन्जिनको सो गाडी सार्वजनिक गरेका हुन् ।
भिएक्सआई र जेडएक्सआई भेरियन्टमा उपलव्ध यस गाडीको मूल्य ४१ लाख ६९ हजारदेखि ४४ लाख ६९ हजार रुपैयाँसम्म छ ।
शुभारम्भका अवसरमा ५० गाडीसम्म बिक्री गर्दा सुरुआती मूल्यमा ३ लाख ७० हजार छुट प्रदान गरिने मारुती सुजुकीका प्रवन्धक नवराज अधिकारीले जानकारी दिए ।
चार वर्षअघि सार्वजनिक गरिको ब्रेजा नेपालमै सबैभन्दा बढी बिक्री भएको एसयुभीमध्यमा रहेको र नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी आकर्षक र शक्तिशाली भएको कम्पनीको दाबी छ ।
ब्रेजामा संस्करणमै पहिलो पटक डुअल च्याम्बर एलइडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिङ लगायतका विशेषता रहेको बताइन्छ । टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमाण्ड, स्मार्ट की, एलइडी फगल्याम्प, कु्रज कन्ट्रोल लगायत सुरक्षा प्याकेजलार्ई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
‘नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्र्टी र पावरफूल भएर आएको छ, हामीलाई विश्वास छ यो नयाँ एसयुभीले गण्डकी धौैलागिरी क्षेत्रका ग्राहकको मन जित्ने छ,’ बिक्री प्रवन्धक अधिकारीले भने, ‘पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै बढी कसैसँग नभएको फिचरहरु समेत छन् ।’
सो गाडी सार्वजनिक गर्ने कार्यक्रममा पहिलो बुकिङ गर्ने आदर्श श्रेष्ठलाई चावी हस्तान्तरण गरिएको सेल्स म्यानेजर विकी गुरुङले बताए । नेपालमा सुजुकी ब्राण्डका कारको आधिकारिक बिक्रेता सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प रहेको छ ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया