मंगोलियाले ११ टन सुन किन्यो
समाधान संवाददाता
२०७७ साउन २१ गते १५:२७
उलानबटोर, (रासस–सिन्ह्वा)
मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ ।
मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित रहेको छ । बैंकका अनुसार मंगोलियाको यस वर्षको छ महिनाको अवधिमा ३ अर्ब ६० करोड अमेरिकी डलर संचित रहेको छ ।
विश्वका सबैजसो केन्द्रीय बैंकले आफ्नो विदेशी मुद्रा संचिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया