मुक्तिनाथ र एनसिसी बैंकको सहकार्य

पोखरा
मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैैंकबीच रेमिटेन्स रकम भुक्तानीका लागि सम्झौता भएको छ । सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एन्ड कमर्स बैैंक लिको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल क्रेडिट एन्ड कमर्स बैैंकको तर्फबाट नेपाल क्रेडिट एन्ड कमर्स बैैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे । यो सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले ४२ जिल्लामा १३८ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । बैंकले ब्यालेन्स, सर्टिफिकेट, चेकबुक, गुडफर पेमेन्ट चेक, अन्तरशाखा बैंकिङ कारोबार सेवा निशुल्क प्रदान गर्दै आइरहेको छ । बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएमबाट बिनाशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया