कारोनाको सचेतना जगाउँदै बजार अनुगमन

स्याङ्जा
गल्याङ नगरपालिकामा कोरोना संक्रमणको जोखिमबारे स्थानीयलाई सचेत गराउँदै बजार अनुगमन गरिएको छ । नगरपालिकाले तोकेको मापदण्ड अनुसार मात्र बजार सञ्चालन गर्न, सामाजिक दुरी कायम राख्न र मास्कको अनिवार्य प्रयोग गर्न सचेत गराइएको हो ।
गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेको नेतृत्वमा गरिएको अनुगमनमा प्रहरी, गल्याङ उद्योग वाणिज्य संघ तथा गल्याङ चेम्बर अफ कमर्सका पदाधीकारीको सहभागिता थियो ।
अनुगमनका क्रममा तोकिएको समयमा मात्र अत्यावश्यक पसल तथा व्यवसाय मात्रै सञ्चालन गर्न, कपडा तथा भाँडा पसलहरु सञ्चालन नगर्न अनुरोध गरिएको थियो । दूध, तरकारी र फलफूल पसल विहान ७ बजे देखि ८ बजेसम्म मात्रै, खाद्यान्न पसल मध्याह्न १२ बजे देखि ३ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरिएको हो ।
अन्य पसल व्यवसाय सञ्चालन नगरी कोरोना भाइरस विरुद्वको लडाइँमा सहकार्य गर्न नगरपालिकाले अनुरोध गरेको छ । अनुगमनका क्रममा मास्क नलगाई हिँड्नेहरुलाई अबका दिनमा माक्स लगाएर हिँड्न आग्रह गर्दै मास्क वितरण गरिएको थियो ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत पाण्डेले स्थानीयको सुरक्षाका लागि आफूहरु नै सचेत हुनुपर्ने भन्दै उनले अरुले भनेर भन्दा पनि आफ्नो सुरक्षा आफै गर्नुपर्ने बताए । यहाँ बैंकहरुलाई अत्यावश्यक काम बाहेक अरु काम नगर्न अनुरोध गरिएको छ । सहकारीहरु पूर्ण रुपमा बन्द गरिएको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया