बायर्न म्युनिख बन्यो युरोपियन लिग च्याम्पियन

समाधान संवाददाता, पोखरा
बार्सिलोनालाई ८ गोल नहान्दासम्म धेरै फुटबल प्रेमीहरुले पत्याएका थिएनन्, जर्मन क्लब बार्यन म्युनिख युरोपियन फुटबल लिग च्याम्पियनकाे फाईनल खेल खेल्ला भनेर, च्याम्पियन बन्ने कुरा त धेरै परकाे ।
उपाधीको सबैभन्दा बलियो दावेदार मानिएको बार्सिलोनालाई ८–२ गाेलकाे लज्जाजनक हार चखाएपछि एकाएक बायर्न चर्चामा आयो र फुटबल जगतमा भुइचालो नै ल्यायो ।
त्यो भुइचालो फाइनल खेलसम्म नै कायम रह्यो । ब्राजिलियन स्टार नेयमार र फ्रान्सेली स्टार एम्बापे सहितको पिएसजी च्याम्पियन बन्ने धेरैको आँकलन थियो । तर आइतबार राति त्यो सपना पनि चकनाचुर पारिदियो बायर्नले ।
खेलको अधिकांश समय बल आफ्नै नियन्त्रणमा लिएको बार्यनले दोश्रो हाफमा पिएसजी विरुद्ध गोल गर्यो । बायर्नका कोम्यानले खेलको ५९ औ मिनेटमा हेड माफर्mत सुन्दर गोल गरे, त्यही गोल युरोपको च्याम्पियन टिम बन्न काफी बन्यो ।







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया