नेपालका आईएसपीमध्ये ‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडि

समाधान संवाददाता २०७७ भदौ ८ गते १३:१५

समाधान संवाददाता

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै (आइपीभी-सिक्सु) को प्रयोग शुरु गरेको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै (आइपीभी-सिक्सु) को प्रयोग शुरु गरेको छ।

Advertisement

नेपालमा आइपीभी-६ को पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले विगत एक वर्षदेखि परीक्षण गरिरहेको थियो। अहिले कम्पनीले विगत तीन महिनादेखि ग्राहकहरुलाई आइपीभी-६ ट्राफिकमा लगिरहेको छ।

कम्पनीले अहिले आफ्ना ८० प्रतिशतभन्दा धेरै ग्राहकको इन्टरनेट ट्राफिकलाई आइपीभी-६ मा आधारित रहेका डिभाइसहरुमार्फत उपलब्ध गराइरहेको जनाएको छ।

Advertisement

इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र द्रुत गतिको बनाउने गरी सबै सेवाग्राहीहरुलाई कम्पनीले आईपीभी-६ मा लैजान काम गरिरहेको जनाएको छ।

अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ। अहिले ती उपकरणले प्रयोग गरिरहेको इन्टरनेटमा आइपी एड्रेस आइपीभी-४ हो। जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्न सकिन्छ।

यसले २६३२ आईपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आइपी एड्रेस भएका डिभाइसहरु मात्र सपोर्ट गर्छ। यो धेरै देखिए पनि सबै ४.२ अर्ब आइपी ठेगानाहरू पूरा भइसकेका छन्। सरल भाषामा भन्दा सबै आइपीभी-४ ठेगानाहरु सकिइसकेका छन्।

अबको डिभाइसहरु आइपीभी-६ मा आधारित

हरेक ग्राहकको फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आइपीभी ६ प्रयोग गरिरहेको छ।

‘हामीले हाम्रो कूल ग्राहकमध्ये ८० प्रतिशतका लागि आइपीभी-६ प्रयोग गरिसकेका छौं। बाँकी ग्राहकलाई पनि आइपिभी-६ मा लैजाने प्रक्रियामा छौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आइपीभी-६ ले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजता हुनेछ।’

आइपीभी-६ इन्टरनेट प्रोटोकलको छैटौं संशोधन हो। आईपीभी-४ को सफल उत्तराधिकारी पनि आइपीभी-६ हो। यसले आपीभी-४ को जस्तै समान कार्य गर्दछ र यसले इन्टरनेट सपोर्ट उपकरणहरूसँग सम्पर्क गर्नको लागी धेरै आइपी ठेगानाहरू उपलब्ध गराउँछ।

आइपीभी-६ ले १२८ बिट इन्टरनेट ठेगानाहरू प्रयोग गर्दछ। तसर्थ, यसले २६१२८ इन्टरनेट ठेगानाहरू ३४०, २८२, ३६६, ९२०, ९३८, ४६३, ३७४, ६०७, ४३१ ७६८, २११, ४५६ लाई सपोर्ट गर्न सक्छ।

आइपीभी-६ ठेगानाहरूको संख्या आइपीभी-४ ठेगानाहरूको संख्या भन्दा १०२८ गुणा बढी छ। त्यसैले त्यहाँ धेरै लामो समयको लागि इन्टरनेट उपकरणहरूको विस्तार गर्न अनुमति दिनका लागि अधिक आइपीभी(६ ठेगानाहरू उपलब्ध छन्।

यहि विषयलाई ध्यानमा राखेर कम्पनीले आईपीभी सिक्समा आधारित भएर इन्टरनेट सेवा दिँदै आएको छ। जसले गर्दा क्लासिक टेकको इन्टरनेट सेवा निकै फास्ट र भरपर्दो भएको कम्पनीले दाबी गरेको छ।

छोटो समयमै कम्पनी इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनी हुन सफल भएको छ।
प्रत्येक सिडीएन कन्टेन्ट डेलिभरी नेटवर्कलाई प्राथमिकता हुने र आईपीभी ६ समावेश भएको हुनेछ।

यसले क्लासिक टेकका ग्राहकहरूको लागि थप एनएटी (नेटवर्क एड्रेस ट्रान्सलेशन) नहुने, स्वतः कन्फिगरेसन हुने, अधिक निजी ठेगानामा समस्याहरु नहुने, मल्टिकास्टको लागि उत्तम मार्ग (राउटिङ) हुने लगायतका सुविधा दिने छ।

त्यस्तै साधारण हेडर प्रारूप, सरलीकृत, अधिक कुशल मार्ग (राउटिङ), साँच्चिकै उच्च गुणस्तरको सेवा, अन्तर्निहित प्रमाणीकरण र गोपनीयता सपोर्ट, लचिलो विकल्प र विस्तार गर्न सकिने, सजिलो एडमिनिस्ट्रेसन (थप डिएचसिपी छैन), सेक्युरिटी, गोपनीयता, प्रमाणिकरण र एकीकृत डाटा लगायतका सेवा पाउने छन्।

तपाईको प्रतिक्रिया