कोरोनाले नेकपा नेता शाेभाखर चापागाईंकाे निधन

समाधान संवाददाता २०७७ भदौ १५ गते १३:५१

चितवन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

उचारका क्रममा साेमबार बिहान उनकाे निधन भएको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी ७८ वर्षे चापागाईंमा भदौ २ गते कोरोना संक्रमण पुष्टि भएको थियाे ।

Advertisement

उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनका सदस्य हुन् । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन् । जिल्ला नेता हरि सापकोटाका अनुसार चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ ।

उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ । नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन् । उनी विसं २०२४ मा बसाइँसराइ गरी चितवन झरेका हुन् । भतिज शिव चापागाईंका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना छन् । चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ । रासस

Advertisement

तपाईको प्रतिक्रिया