गण्डकीमा आज ६३ संक्रमित थपिए, १ को मृत्यु

समाधान संवाददाता २०७७ भदौ १७ गते २१:२२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बुधबार ६३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पोखराको ड्यामसाइडस्थित सशस्त्र प्रहरी गणका २० प्रहरीसहित प्रदेशभर ६३ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पोजेटिभ देखिनेमा लमजुङका २५, कास्कीका २४, नवलपुरका ८, तनहुँका ४, बागलुङ र स्याङ्जाका १/१ जना छन् । कास्कीका २० संक्रमित प्रहरीबाहेक अरु सबै कन्ट्याक ट्रेसिङका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाका महिला संक्रमित पोखराको पार्कल्यान्ड हस्पिटलका स्वास्थ्यकर्मी हुन् भने व्यास नगरपालिकाका पुरुष डोजर व्यवसायी हुन् ।

Advertisement

ती २४ वर्षे व्यवसायीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पे–क्लिनिकमा पुगेर कोरोना परीक्षण गराएका थिए । लमजुङका ५० वर्षे संक्रमित पुरुष ओमनबाट आएका हुन् भने ४९ वर्षीया महिला किराना पसल सञ्चालक हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ७३ पुगेको छ । तीमध्ये १७ सय १२ संक्रमित निको भएका छन् ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । तनहुँको व्यास नगरपालिका २ की २० वर्षीया युवतीको बुधबार मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको हो । उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

मृगौलामा समस्या भई डायालाइसिस गराउन ललितपुरको अल्का अस्पताल पुगेकी उनमा मंगलबार कोरोना पुष्टि भएको थियो । कास्कीका ४, गोरखाका ३, स्याङ्जा, तनहुँ र लमजुङका२/२ तथा म्याग्दी र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया