सन्दिपकाे जमैका बाहिरियाे, नाइट राइडर्स र जुक्स फाइनलमा

समाधान संवाददाता २०७७ भदौ २४ गते ७:४५

एजेन्सी

खराब ब्याटिङ र खराबै बलिङ गरेकाे जमैका तलाबहाज क्यारेवियन प्रिमियम लिगकाे सेमिफाइनलबाट बाहिरिएकाे छ ।

राती भएकाे खेलमा नेपाली बलर सन्दिप लामिछानेकाे प्रदर्शन पनि फितलाे रह्याे । उनले यस खेलमा विकेट लिन सकेनन् ।

Advertisement

अब सीपीएल टी-२० को आठौं संस्करणको उपाधिका लागि ट्रिनबागो नाइट राइडर्स र सेन्ट लुसिया जुक्स भिड्ने छन् ।

पहिलो सेमिफाइनलमा ट्रिनबागोले जमैका तलावाहजलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ भने जुक्सले पनि १० विकेटकाे प्रभावशाली जित हात पार्दै उपाधीकाे नजिकै पुगेकाे छ ।

Advertisement

टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०७ रन मात्र बनाएको थियो । ट्रिनबागोले १०८ रनो लक्ष्य १५ ओभर खेल्दै १ विकेट गुमाएर पूरा गरेको हो । यस सिजन सन्दीपले भने यस खेलमा विकेट लिन सकेनन् । उनले ४ ओभरमा २९ रन खर्चिए ।

यस्तै अर्को लो स्कोरिङ सेमिफाइनलमा जुक्सले पूर्वच्याम्पियन गाएना अमेजन वारियर्सलाई १० विकेटले पराजित गर्दै ट्रिनबागोसँग उपाधि भेट पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गाएना १३.४ ओभरमा ५५ रनमा अलआउट भएको थियो । ५६ रनको लक्ष्य जुक्सले ४.३ ओभर खेल्दै पूरा गरेको हो ।

फाइनल खेल बिहीबार हुनेछ ।

तपाईको प्रतिक्रिया