बालगृहलाई पुस्तक सहयोग

पोखरा
महान्यायाधिवक्ताको कार्यालय काठमाडौंले पोखराको बालगृहलाई पुस्तक सहयोग गरेको छ । पोखरा महानगरपालिका—१८ सराङकोटमा रहेको बालसुधार गृहलाई१ लाख १७ हजार ५ सय मूल्य बराबरको पुस्तक महान्यायाधिवक्ताको कार्यालय काठमाडौंका नायब महान्यायाधिवक्ता नारायणप्रसाद पौडेलले गृहप्रमुख रमा शर्मालाई मंगलबार हस्तान्तरण गरे ।
नायब महान्यायाधिवक्ता पौडेलले बालबालिकाका लागि अध्ययन गर्न पुस्तकको अभाव नहोस् भन्ने उद्देश्यले सहयोग गरेको सुनाए । यो सहयोगले बालबालिकालाई अध्ययन गर्न केही न केही सहयोग हुने विश्वास उनले व्यक्त गरे ।
५० जना क्षमताको उक्त बालसुधार गृहमा ७७ जना बालबालिका छन् । कोभिड १९ का कारण १५ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको बालसुधार गृहकी प्रमुख रमा शर्माले जानाकारी दिइन् ।
कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता घनश्याम ओझा, कास्की जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्त गुरुप्रसाद वाग्ले, उच्च सरकारी वकिल कार्यालय पोखराका नायव सुब्बा भुवनप्रसाद दाहाल, बालसुधार गृहका वार्डेन प्रमुख प्रभु कार्की र बालसुधार गृहका बालबालिकाको उपस्थिति थियो ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया