सक्रिय संक्रमित २५ हजार पुगे लकडाउन हुन सक्ने

समाधान संवाददाता २०७७ असोज ७ गते १७:३७

समाधान संवाददाता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

बुधबार नियमित प्रेस ब्रिफिङमा सक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई लकडाउन गर्न सिफारिस गरिने मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

Advertisement

उनका अनुसार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ गौतमले भने ।

बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

Advertisement

तपाईको प्रतिक्रिया