सेरेनाकाे कठिन जित

समाधान संवाददाता २०७७ असोज १३ गते ८:४३

एजेन्सी

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्ड सलाम उपाधि जित्ने सपनासहितको यात्रा फ्रेन्च ओपन टेनिसमा संघर्षपूर्ण जितसहित गरेकी छन् ।

छैटौँ बरियताकी विलियम्सले क्रिष्टी आनलाई पराजित गरेर फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा स्थान बनाएकी हुन् ।

Advertisement

शनिबार ३९ वर्ष लागेकी सेरेनाले अमेरिकी खेलाडी आनलाई ७–६ (७–३) र ६–० को सेटमा पराजित गरेकी हुन् ।

सेरेनाले दोस्रो चरणमा बुल्गेरियाकी स्वेताना पिरोन्कोभासँग प्रतिस्पर्धा गर्ने छिन् । ३३ वर्षकी पिरोन्कोभा आयोजकबाट वाइल्ड कार्ड पाएर प्रतियोगितामा आएकी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया