लालीगुराँस प्रतिष्ठानको अध्यक्षमा खड्का

समाधान संवाददाता २०७७ असोज १४ गते ११:२७

समाधान संवाददाता,पोखरा

लालीगुराँस सामुदायिक विकास तथा तालिम प्रतिष्ठान नेपालको १५ औं साधारण सभा भएको छ । सभाले गोपाल खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः अनिता दाहाल, भोलानाथ ढकाल, रविबहादुर विक र लक्ष्मीशर्मा छन् । कार्य समितिको सदस्यहरुमा धनन्जय पौडेल, हरिकला लम्साल, माधवप्रसाद बराल, बोबिन नेपाली, अनिता कुँवर र रामचन्द्र पौडेल छन् ।

Advertisement

सभाले डाअजय थापा, डारामचन्द्र लामिछाने, सुशासन विज्ञ चन्द्रप्रकाश सिग्देल, वनविज्ञ नारायण शर्मालाई सल्लाहकारमा चयन गरेको महासचिव भोलानाथ ढकालले जानकारी दिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका प्राडा अजयथापाले लालीगुराँस संस्थामापुराना तथाअनुभवी व्यक्तित्वहरु भएकोले पोखरा तथा त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नाकोत्तर स्तरमा अध्ययन गर्ने विद्यार्थीका लागिअध्ययन अनुसन्धान तथा ज्ञान अनुभव आदान प्रदान गर्ने स्थल बन्न सक्ने बताए । उनले संस्थासंगको सहकार्यका लागि पोखरा विश्वविद्यालयले पूर्ण रुपमासहयोग गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

चिल्ड्रेन नेपाल संस्थाका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेलले संस्थासंग रोजगारी प्रबद्र्धन तथा सीप हस्तान्तरणको क्षेत्रमा सहकार्य गरी समाज विकास र रुपान्तरणमा लाग्ने बताए । सभामा निवर्तमान अध्यक्ष नारायण शर्मा, महासचिव भोलानाथ ढकाल, सचिव रवीबहादुर विक लगायतले बोलेका थिए ।

सभाले विभाग गठन गर्नुका साथै संस्थागतकार्यक्रमको ढाँचापास पास गरेको छ ।

तपाईको प्रतिक्रिया