गण्डकी प्रदेशका ६ जिल्लामा थपिए ८१ संक्रमित

समाधान संवाददाता २०७७ असोज १८ गते १२:०६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ६ जिल्लाका ८१ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको अपडेट अनुसार बिहान ८ बजे ४३ र मध्यान्ह साढे ११ बजे ३८ गरेर ८१ जनामा संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेमा नवलपुरका ५२, तनहुँका १८, लमजुङका ५, बागलुङका ३, स्याङ्जाका २ र गोरखाका १ जना छन् ।

Advertisement

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९७ पुगेको छ । तीमध्ये २७ सय ४५ जना निको भएका छन् भने ३४ को मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका १०, नवलपुरका ७, गोरखाका ६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया