तनहुँको मर्स्याङ्दी तटमा अस्थिपञ्जर फेला

समाधान संवाददाता २०७७ असोज १८ गते १८:१९

समाधान संवाददाता, पोखरा

तनहुँको मर्स्याङ्दी नदी किनारमा अस्थिपञ्जर फेला परेको छ ।

आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित नदी तटमा आइतबार हाड फेला परेको तनहुँका प्रहरी नायब उपरिक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

हाड २ ढुंगाको बीचमा फेला परेको हो ।

‘अस्थिपञ्जरमात्रै भेटिएकाले चिन्न गाह्रो भएको छ । अनुसन्भान जारी छ,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया