पृनाको नेपाली विभागमा छात्रवृत्ति कोष र पुस्तकालय

समाधान संवाददाता २०७७ असोज १८ गते २१:०२

समाधान संवाददाता, पोखरा

पृथ्वीनारायण क्याम्पस नेपाली विभागमा छात्रवृत्ति कोष र पुस्तकालयको निर्माणका लागि अभियान थालिएको छ ।

विभागले जनस्तरबाट आर्थिक सहयोग जुटाएर कोष र विभागीय पुस्तकालय निर्माण अभियान थालेको हो ।

Advertisement

अभियान अन्तर्गत आइतबार विभागका पूर्वप्रमुख तथा निवृत्त सहप्राध्यापक कृष्णप्रसाद पौडेलले ५१ हजार १ सय रुपैयाँ छात्रवृत्तिका लागि सहयोग गरेका छन् ।

विभागीय पुस्तकालय बनाउने अभियानका लागि साहित्यकार रवीन्द्र माकाजुले १० हजार ५ रुपैयाँ विभागीय प्रमुख प्राडा कुसुमाकर न्यौपानेलाई हस्तान्तरण गरे ।

Advertisement

गायिका बाबा राणाले आफुले लेखेको पुस्तकका ३ प्रति विभागीय प्रमुखलाई हस्तान्तरण गरिन् ।

विभागले पुस्तकालयका निम्ति पुस्तक संकलन र अर्थ संकलनको कार्यलाई तीव्र गतिमा अगाडि बढाएकोे छ ।

विभागले आगामी शनिबार भाषाविज्ञान सम्बन्धित गोष्ठी समेत आयोजना गर्ने प्राडा न्यौपानले बताए ।

तपाईको प्रतिक्रिया