पत्रकार गोविन्द सुवेदी कोरोनामुक्त, प्लाज्मा दान गर्ने

समाधान संवाददाता २०७७ असोज १९ गते १९:५८

समाधान संवाददाता, पोखरा

पोखराका क्रियाशील पत्रकार गोविन्द सुवेदी कोरोनामुक्त भएका छन् । सामान्य ज्वरो आएपछि परीक्षण गराएका उनी ३ हप्तापछि निको भएका हुन् । उनले आफू अब केही दिनमै नियमित काममा फर्किने बताएका छन् ।

कोरोनमुक्त भएका सुवेदीले प्लाज्मा दान गर्न इच्छा गरेका छन् । ‘ब्लड बैंकमा भनिसकेको छु । मेरो स्वास्थ्यले साथ दियो भने दिन्छु,’ उनले भने, ‘अरु कसैको ज्यान बाँच्छ कि ।’

Advertisement

पत्रकार सुवेदीको ट्रेसिङमा परेका परिवारका सदस्य र सहकर्मीमा भने कोरोना देखिएको थिएन ।

सुवेदी नयाँ पत्रिकाका लागि पोखराबाट काम गर्छन् । उनी पोखराकै रेडियो बाराहीमा पनि आबद्ध छन् ।

Advertisement

कोरोना संक्रमण पुष्टि भएपछि पनि उनी होम आइसोलेसनमै बसेर समाचार लेखिरहेका थिए ।

तपाईको प्रतिक्रिया