सेनाले बनायो यात्रु प्रतिक्षालयसहितको शौचालय

समाधान संवाददाता २०७७ असोज २१ गते ०:२५

समाधान संवाददाता, पोखरा

नेपाली सेनाले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा यात्रु प्रतिक्षालयसहितको एकतले पक्की शौचालय निर्माण गरेको छ ।

पर्यटक तथा तिर्थालुको सुविधाका लागि सेनाको बज्रदल गणले २५ लाख लागतमा ति संरचना बनाएको हो ।

Advertisement

सेनाको पश्चिमपृतना हेडक्वाटर पोखराका पृतनापति उपरथी गोकुल भण्डारीले गाउँपालिका—४ का अध्यक्ष आशबहादुर थकालीलाई साँचो हस्तान्तरण गर्दै प्रतिक्षलयसहितको शौचालयको उद्घाटन गरे ।

पृतनापति भण्डारीले नेपाली सेना राष्ट्र र नागरिकप्रति समर्पित रहेको बताए ।

Advertisement

पश्चिम पृतनाले गण्डकी प्रदेशको म्याग्दी, पर्वत, स्याङ्जा, बागलुङमा विपत उद्दारमा सहयोग पु¥याएको उल्लेख गर्दै उनले राष्ट्र र नागरिकको सहयोगका लागि नेपाली सेना सधै तयार रहेको उल्लेख गरे ।

‘पर्यटक तथा तिर्थालुको सुविधाका लागि हामीले पूर्वाधार निर्माण ग¥यौं, ’उनले भने, ‘अब यसको हेरचाह र संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहन्छ ।’

गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले सेनाको सहयोगमा निर्माण भएको पूर्वाधारलाई पालिकाले संरक्षण तथा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए । यात्रुको सुविधाका लागि सेनाले प्रशंसनीय कार्य गरेको उल्लेख गर्दै उनले आगामी दिनमा समेत रचनात्मक काममा सेनाको सहयोग हने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल लगायत राजनीतिक पार्टी प्रतिनिधि, समासेवी, संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

ती संरचना नेपाली सेनाको क्वीक प्रोजेक्टको रुपमा निर्माण गरिएको हो ।

पुरुष तथा महिलाको सुविधाका छुट्टा छुट्टै शौचालय निर्माण गरिएको छ । प्रतिक्षालयमा ४ थान काठको कुर्ची समेत व्यवस्था गरेको जोमसोम स्थित बज्रदल गणले जनाएको छ ।

ति पूर्वाधारहरु नहुँदा जोमसोम आउने पर्यटक तथा तिर्थालुले होटलमा खाजा खाना बहानामा शौलायय र खानेपानीको उपयोग गर्नु पर्ने बाध्यता थियो ।

तपाईको प्रतिक्रिया