मूल्यसूची छैन

समाधान संवाददाता २०७७ असोज २२ गते १०:५२

दमौली, रासस

तनहुँको व्यास नगरपालिकाभित्रका व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ ।

कोरोना जोखिम बढ्दै जाँदा पनि व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको व्यास नगरपालिकाले जनाएको छ ।

Advertisement

व्यवसायीले पसलमा मूल्यसूची नराखेको, बिनादर्ता पसल सञ्चालन गरेको, फुटपाथमा सामान राखी पैदलयात्रुको आवागमनमा अवरोध पु¥याएको व्यास नगरपालिकाले जनाएको छ ।

त्यस्तै बिक्री गर्ने सामानमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मूल्यभन्दा ३०० प्रतिशत बढीसम्म नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक सामान बिक्री गरेको नगरपालिकाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

नगरपालिकाले सबै मापदण्ड अनिवार्यरूपमा पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन व्यवसायीलाई सचेत गराएको छ ।

तपाईको प्रतिक्रिया