पोखराका ८३ वर्षे कोरोना संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ असोज २२ गते १२:३४

समाधान संवाददाता, पोखरा

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १६ का ८३ वर्षे वृद्धको आज मृत्यु भएको हो ।

१३ असोजमा कोरोना पुष्टि भएपछि उनी केन्द्रको आइसियुमा भर्ना भएका थिए । ती वृद्धमा कोभिडसँगै मधुमेह, उच्च रक्तचाप र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया