पर्यटन प्रवर्धन गर्न पोखरेली पुगे सौराहा

समाधान संवाददाता २०७७ असोज २२ गते २०:१८

समाधान संवाददाता, पोखरा

पोखरेली युवा व्यवसायीहरु पर्यटन प्रवर्धन गर्न साइकल यात्रा गरेर सौराहा पुगेका छन् । कोरोना त्रासका कारण आक्रान्त पर्यटन व्यवसाय पुनर्जागरण गर्ने सन्देश दिन पोखराका स्थापित युवा व्यवसायी साइकल याली गर्दै सौराहा पुगेका हुन् ।

बिहीबार बिहान ७ बजे पोखराबाट हिँडेको टोली दिउँसो सौराहा पुगेको साइकल ¥यालीका संयोजक सोभितमान बुद्धाचार्यले बताए । टोली शुक्रबार सौराहामै बस्ने र शनिबार पोखरा फर्केने छ ।

Advertisement

‘हाम्रो उद्देश्य थलिएको पर्यटनलाई पुनर्जागृत गराऔं भन्ने सन्देश दिनु हो । थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि हामी तयार छौं भन्ने सन्देश दिनु पनि हो,’ उनले भने ।

टोली अगुवा बुद्धाचार्यले पोखरासहित पर्यटकीय क्षेत्रहरु सुरक्षित छन है भनेर सन्देश दिन पनि आफूहरुको भ्रमण गरेको बताए ।

Advertisement

अब पनि हामी चुप लागेर बस्यौं भने पर्यटन क्षेत्र जगाउन मुस्किल पर्ने ठानेर साइकल यात्रा थालेको उनको भनाइ थियो ।

पर्यटन प्रवद्र्धनका लागि निस्केका युवाहरुले जसले जहाँबाट सक्छ त्यहिँबाट अब पर्यटन प्रवर्धनसहित अर्थतन्त्र चलायमान बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

¥यालीमा युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराका अध्यक्ष पुनीत वैद्य, युवा व्यवसायीहरु साझेन्द्रसिंह हमाल, स्वप्नील वैद्य, अरुण गुरुङ, कुशल पालिखे, सुशीन लामा, रेक्स मल्ल, विराज केसी र बरदान ताङ्वे लामासहित १० जना छन् ।

तपाईको प्रतिक्रिया