सुरक्षा पालुवा सहकारीको सभा

समाधान संवाददाता २०७७ असोज २५ गते ८:१५

समाधान संवाददाता, पोखरा

पोखरा ३३ स्थित सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सुरु भएको छ ।

पोखरा – ३३ को कालिकास्थानमा प्रधान कार्यालय रही ५ वटा सेवा केन्द्रमार्फत् सेवा प्रवाह गरिरहेको सहकारीले कोरोना महामारीको जोखिमीलाई दृष्टिगत गर्दै सप्ताहव्यापी रुपमा साधारणसभा गर्न लागेको हो ।

Advertisement

पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले साधारणसभाको उद्घाटन गरे ।

आचार्यले सेयर सदस्यको आर्थिक समृद्धिका लागि उत्पादनमा जोडिने किसिमका कार्यक्रम ल्याउन आग्रह गरे ।

Advertisement

सहकारीप्रतिको जनविश्वास कायम गर्न आर्थिक अनुशासनको पनि उत्तिकै आवश्यकता हुने औंल्याउँदै उनले आर्थिक अनुशासनका पद्धति विकास गर्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिकामा रहेका सहकारीलाई उत्पादनसँगै पर्यावरणीय संरक्षणमा समेत जोड्ने लक्ष्य रहेको बताउँदै उनले त्यसका लागि वडाका तर्फबाट पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।

सहकारीका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउने सबैप्रति आभार व्यक्त गर्दै सेयर सदस्यहरूको विश्वासलाई आगामी दिनमा अझै बलियो बनाउने गरी क्रियाशील हुने बताए ।

कार्यक्रममा सल्लाहकारद्वय केशरप्रसाद निदोर्षी र यज्ञप्रसाद अधिकारी(ठूला)ले सेयर सदस्यको विश्वास जित्ने गरी थप रचनात्मक कार्यक्रम सहित कृयाशिल बन्न आग्रह गरे ।

संस्थाका उपाध्यक्ष माधवप्रसाद कंडेल सचिव यज्ञप्रसाद आचार्य, शिक्षा समितिका संयोजक निर्मल आचार्य लगायतले बोलेका थिए ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार २ हजार १सय९ सेयर सदस्य रहेको सहकारीले ६५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको छ ।

पोखरा – ३३ कालिकास्थानस्थित प्रधान कार्यालय सहित पोखरा – ३३ कै लामगादी र पुँडीटारका साथै पोखरा – ८ को न्युरोड एवं पोखरा – २९ का भण्डारढिक र पुलचोकस्थित सेवा केन्द्रहरूबाट सेवा प्रवाह हुँदै आएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया