राजस्थानकाे अप्रत्यासित जित

समाधान संवाददाता २०७७ असोज २६ गते ६:४०

एजेन्सी ।

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा अप्रत्यासित जित निकालेको छ ।

दुबईमा आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।

Advertisement

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट इनिङ्स खेले । राहुल र रियानले राजस्थानकाे हातमबा उम्केकाे खेललाई जितसम्म पुर्याए ।

Advertisement

राहुलले अविजित ४५ रन जोड्दा रियान ४२ रनमा अविजित रहे । दुबैले छैटौं विकेटका लागि ८५ रनको साझेदारी गरे ।

यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए । जोस बट्लरले १६ रन जोडे ।

हैदराबादका राशिद खान र खलिल अहमेदले २/२ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

हैदराबादका लागि मनिस पाण्डेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान डेभिड वार्नर ४८ रनमा आउट हुँदा जोनी बेयरस्टोले १६ रन बनाए । केन विलियम्सन २२ रनमा अविजित रहदा प्रियम गार्गले १५ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चर, जयदेव उनाडकट र कार्तिक त्यागीले १/१ विकेट लिए । जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैटौं स्थानमा समेत उक्लिएको छ ।

हैदराबादको यो चौंथो हार हो । हैदराबाद ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया