हार्‍याे दिल्ली, मुम्बई शिर्ष स्थानमा

समाधान संवाददाता २०७७ असोज २६ गते ७:००

एजेन्सी ।

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटकाे शिर्ष स्थानमा उक्लिएकाे छ ।

प्रतियाेगिता अन्तरगत पहिलाे चरणका खेल समाप्त हुँदा मुम्बईले ७ मध्ये ५ खेलमा जित निकाल्याे । आइतबार शिर्ष स्थानमा रहेका दिल्ली क्यापिटल र मुम्बई इण्डियन भिडेका थिए ।

Advertisement

साे खेलमा शिर्ष स्थानकाे दिल्लीलाई पराजित गर्दै मुम्बइले आफ्नाे दमखम देखायाे । दुवै टिमकाे १०–१० अंक भएपनि नेट रनरेटका आधारमा मुम्बई माथि छ ।

पाँचौ जित निकालेको छ ।

Advertisement

अबुधाबीमा आइतबार रातिकाे खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए ।

यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।

दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए ।

अजिन्का रहने १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस १३ रन जोड्दा आउट भए । एलेक्स केरी १४ रनमा अविजित रहे ।

मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।

तपाईको प्रतिक्रिया