स्याङ्जाकी कोरोना संक्रमितको पोखरामा मृत्यु

समाधान संवाददाता २०७७ असोज २८ गते ११:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाको भीरकोट नगरपालिका २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।

उनी २६ असोजमा अस्पताल भर्ना भएकी थिइन् ।

Advertisement

ती महिलामा कोभिडसँगै थाइरोइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

Advertisement

मृत्यु हुनेमा कास्कीका १२, नवलपुरका ९, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया