गाउँपालिका अध्यक्षमा कोरोना, जलजलाको सेवा बन्द

समाधान संवाददाता २०७७ असोज २८ गते ११:३०

रासस, पर्वत

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।

अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो ।

Advertisement

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गरेका छन् ।

Advertisement

अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।

अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लमा कोरोना पुष्टि भएपछि काँग्रेसले पर्वतले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ ।

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गरेका छन् ।

अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।

अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहेका मल्लमा कोरोना पुष्टि भएपछि काँग्रेसले पर्वतले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ ।

तपाईको प्रतिक्रिया