१५ वर्षपछि बोलिभियाको मैदानमा अर्जेन्टिना विजयी

समाधान संवाददाता २०७७ असोज २८ गते ११:५३

एजेन्सी

अर्जेन्टिनाले १५ वर्ष पछि बोलिभियालाई उसैको मैदानमा हराएको छ । २००५ मा अर्जेन्टिनाले बोलिभियालाई हराएपछि उसको मैदानमा जित हात पारेको थिएन ।

बुधबार बिहान ला पाजमा भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हराएको छ ।

Advertisement

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो खेलमा जित हात पार्ने क्रममा बोलिभियालाई पाखा लगाएको हो ।

अर्जेन्टिनाले खेलमा पछि परेको अवस्था उल्टाउँदै जित निकाल्न सफल भएको हो।

Advertisement

खेलको २४ मिनेटमा घरेलु टिम बोलिभियाले खेलमा अग्रता लिएको थियो। बोलिभियाका लागि मार्टिन्सले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।

पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि मार्टिनेजले ४५ मिनेटमा बराबरी गोल गरे।

दोस्रो हाफमा मैदान छिरेका एन्जल कोरेराले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनलाई गोल गर्न मार्टिनेजले पास उपलब्ध गराए।

मैदान ३ हजार ६ सय मिटर उचाइमा रहेको छ । यसमैदानमा अन्तिम पटक खेल्ने क्रममा अर्जेन्टिनी खेलाडीलाई अक्सिजन उपलब्ध गराउनु परेको थियो ।

जितपछि अर्जेन्टिनाका कप्तान मेस्सीले लेखेका छन्, ‘विश्वको सर्वाधिक कठिन मैदानमा जित हात पार्दा खुसी छौँ ।’

जितसँगै अर्जेन्टिना सुरुवाती दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।

तपाईको प्रतिक्रिया