दसैँमा विशिष्ट व्यक्तिले सर्वसाधारणलाई टीका नलगाइदिने

समाधान संवाददाता २०७७ असोज ३० गते १२:२६

काठमाडौँ

यसपालीको दसैँमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको चाडपर्व जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्डमा भीडभाड नगरी एउटै घरमा बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्नुपर्ने उल्लेख गरेका कारण यो वर्षको दसैँमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम स्थगित भएको हो ।

Advertisement

योवर्ष दसैँको टीका मात्र होइन ठूला पार्टीले आयोजना गर्ने चियापान कार्यक्रमसमेत स्थगित हुने भएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम भएको उपत्यकामा चाडवाड र अन्य अवस्थामा भीडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न मापदण्ड नै जारी गरेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डमा धार्मिकस्थलमा २५ जनाभन्दा माथि भेला हुन पाइनेछैन ।

तपाईको प्रतिक्रिया