स्याङ्जामा ८३ घरपरिवारलाई खाद्यान्न सहयोग

समाधान संवाददाता २०७७ असोज ३० गते १६:५१

अर्जुन काफ्ले, स्याङ्जा

पतञ्जलि योग पिठले ८३ घरपरिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको छ ।

कोरोनाका कारण खाध्यान्नको अभाब झेल्दै आएका दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारलाई पतञ्जलिले खाद्यान्न उपलब्ध गराएको हो ।

Advertisement

वालिङ ८ आग्रीडाँडा २३ घर र ११ का ६० घर परिवारलाई पतञ्जलिले दसैंको उपहारस्वरुप दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको हो ।

खाद्यान्न हस्तान्तरण गर्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले आचार्यजीको सहयोगमा सिंगो गाउँका लागि खाद्यान्न सहयोग प्राप्त भएको बताए ।

Advertisement

कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुवेदीले आचार्य बालकृष्णले आफ्नो जन्मभूमिप्रति देखाएको सहयोग बढ्दै गई आगामी दिनमा पनि सहयोगहरु प्राप्त भईरहने विश्वास ब्यक्त गरे ।

पतञ्जलिले ८३ घरपरिवारलाई १० केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल, एक केजी चिनी, एक वटा चियापत्ति, एक लिटर घ्यू र एक पोका दुधलगायतका दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको हो ।



तपाईको प्रतिक्रिया