कास्कीकोटमा दसैँ पुजा नहुने

समाधान संवाददाता २०७७ कार्तिक १ गते ७:०३

समाधान संवाददाता, पोखरा
कास्कीकोटको गुप्तकालीका मन्दिरमा दसंै पूजा नहुने भएको छ ।

बढ्दो कोभिड १८को संक्रमणको कारण दसैं पुजा देखि भक्तजनले गर्ने नियमित पूजा आजा रोकिएको गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिका अध्यक्ष दिलीपविक्रम शाहीले जानकारी दिए ।

‘मदिरमा गएको चैत्रदेखि भाकल तथा पञ्चवलीका पूजाहरु रोकिएका छन्,’अध्यक्ष शाहीले भने, ‘कोभिड १९को नियन्त्रण नभएसम्म भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको छ ।’

Advertisement

समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले मन्दिरको निर्माण कार्य बाँकी रहेको तथा विषम परिस्थितिमा विश्व शान्तिको कामना गर्दै सिमित पूजारीले मात्र पूजा गरेको जानकारी दिए ।

मन्दिरमा विगतका वर्षमा घटस्थापनाको दिनदेखि विशेष पूजा गर्ने प्रचलन थियो ।

Advertisement

दसैंको सप्तमी दिन मन्दिरमा पोखराको रामघाटबाट फुलपत्रको डोली ल्याउने देखि कँुवर जातीको सरुनखेल लगाएत सबै कार्यक्रम रोकिएको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया