कोरला नाका खोल्न अलमल नगर

समाधान संवाददाता २०७७ कार्तिक २ गते ८:०२

सम्पादकीय

पोहोर साल चीनिया राष्ट्रपतिले नेपाल भ्रमण गर्दा कोरला नाकाले निकै चर्चा पायो ।

गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रका लागि महत्वपूर्ण मानिएको यो नाका छिटै खुल्नेमा त्यो भ्रमणले आशा जगाएको थियो ।

Advertisement

वर्षौदेखि आशैआशमा बिताएका मुस्ताङीलाई कोरला नाका खुल्ला र अर्थतन्त्र चलायमान होला भन्ने विश्वासै लाग्न छाडेको छ ।

नाका सञ्चालनका आवश्यक पूर्वाधारका लागि जग्गा सरकारले उपलब्ध गराइसकेको छ । तर संरचना बन्ने सुरसार छैन ।

Advertisement

उता चिनिया पक्ष भने सीमा नजिकै सबैजसो पूर्वाधार तयार गरेर बसेको छ ।

नाकासम्मै उसले पक्की सडक पनि बनाइसकेको छ । नेपाल पक्ष किन अलमल गरेर बसेको छ बुझ्नै कठीन छ ।

जबजब नेपाललाई भारतले नाकाबन्दी गर्छ र समस्यामा पार्छ त्यतिबेला बल्ल चीनिया नाकाको चर्चा चुलिन्छ ।

अनि फेरि सेलाउँछ । पहिला सञ्चालनमा आएसकेको नाका बन्द भएको २ दशक पुग्न लागेको छ ।

२ देशबीचको व्यापारलाई अझै गतिशील बनाउनका लागि यो नाका महत्वपूर्ण छ ।

त्यतिमात्र होइन संघीय राज्य प्रणालीमा गएका बेला गण्डकी प्रदेशलाई समृद्धिको बाटो डो¥याउन पनि यो नाका छिटोभन्दा छिटो खुल्नपर्छ ।

केपी ओलीले सरकारको नेतृत्व गरेपछि उनीसहित थुप्रै टोली थुप्रै पटक कोरोना नाका पुगेका छन् । अवलोकन गरेका छन् ।

सीमापारि चीनिया पक्षले निर्माण गरेका संरचना पनि देखेकै छन् । तर पनि नेपालीपक्षको प्रगति भ्रमणबाट भ्रमणमै सीमिति छ ।

काठमाडौंबाट सिधै हेलिकोप्टरबाट उपल्लो मुस्ताङ पुग्यो, प्राकृतिक सुन्दरतामा रमायो

ओहो !

नेपालमा विकासको सम्भावना त कहाँ नभएको हो र भन्दै स्थानीयलाई आश्वासनको ललिपप चखायो । अनि काठमाडौं फक्र्यो ।

काठमाडौं पुगेपछि मुस्ताङ र कोरलालाई पूरै बिस्र्यो । आखिर अहिलेसम्म भएकै यहि त हो नि ।

नभए नाका सञ्चालनका लागि देखिने गरी काम किन नभएको त ? गत साता यही शृखंला दोहोरियो ।

परराष्ट्र र आपूर्ति मन्त्रीसहितको टोली कोरला पुगेर अवलोकन गरेपछि लोमान्थाङमा उहि पुरानै आश्वासन दोहो-याए । यतिबेलाको आश्वासन पत्याउने कि नपत्याउने दोधारमा छन् अहिले मुस्ताङी ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट लोमान्थाङ हुँदै कोरला नाका जोड्ने सडकको ट्रयाक खुलिसकेको छ । अब सडकको स्तरोन्नतिको काम भने भइरहेकै छ ।

कालिगण्डकी करिडोर अन्र्तगत कोरला नाका सडकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेका छ ।

१३ प्याकेजमध्ये अहिले ४ वटा प्याकेजको काम सडकलाई हस्तान्तरण भइसकेको छ । बाँकी ९ प्याकेज निर्माणाधीन छन् ।

बेनी–जोमसोम ७६ किमी सडकमा ५० प्रतिशत र जोमसोम–कोरला १ सय १० किमी ग्राभेल सडकमा काम ८० प्रतिशत सम्पन्न भएको छ ।

सडक निर्माणको हकमा सरकारको सक्रियता सन्तोषजनक नै छ । अहिले कोरोलासम्म गाडी पुग्न र आउन कुनै समस्या छैन । तर नाका खुलाउन सरकारी सक्रियताभने सन्तोषजनक छैन ।

अबको २ वर्षमा यो नाका नखुले आफूले राजनीति नै त्याग्ने घोषणा सांसद प्रेम तुलाचनले गरेका छन् ।

यसैबाट प्रस्ट हुन्छ कि कोरला नाकाप्रति मुस्ताङीको चाह कति छ भनेर । तातोपानी नाका भूकम्पपछि बन्द भयो ।

सडकमार्गमा पुगेको क्षतिका कारण अझै पनि उक्त नाका राम्रोसँग चल्न सकेको छैन ।

रसुवागढी नाकामा पुग्ने बाटो असाध्यै असजिलो छ । ती नाकाको तुलनामा कोरला नाकाको दुरि पनि कम छ र बाटो पनि सहज छ । मात्रै खाँचो छ राजनीतिक नेतृत्वको इच्छाशक्तिको ।

त्यसो त बेनी जोमसोम सडक खण्डको अवस्था पनि बर्खामा नाजुक नै हुन्छ । त्यही भएर यो सडकको अनुगमनको जिम्मा प्रदेश सरकारले संघ सरकारसँग मागेको थियो ।

अहिले देखिएका समस्या तत्काल समस्या समाधान गरी छिटोभन्दा छिटो कोरला नाका सञ्चालन हुनै पर्छ ।

तपाईको प्रतिक्रिया