गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुग्यो

समाधान संवाददाता २०७७ कार्तिक ३ गते १३:३७

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । नवलपुरको गैंडाकोट नगरपालिका १२ का ८५ वर्षे वृद्धको प्रदेश स्वास्थ्य निर्देशनालयले मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ५३ पुगेको हो ।

३० असोजमा मृत्यु भएका उनको मृत्यु निर्देशनालयले सोमबार पुष्टि गरेको हो । ती वृद्धमा कोभिडसँगै दम र निमोनियाको समस्या थियो ।

Advertisement

गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया