म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक ४ गते २२:०६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।

म्याग्दीको धौवलागिरी गाउँपालिका ७ का ८५ वर्षे पुरुषको आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

Advertisement

उनी २९ असोजमा अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा भर्ना भएका थिए ।

उनमा निमोनिया र किड्नीको समस्या रहेको अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले जानकारी दिए ।

Advertisement

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् ।

गण्डकीमा मंगलबारसम्म ६ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३७ सय ७९ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया