कस्तो रहनेछ आजको मौसम ?

समाधान संवाददाता २०७७ कार्तिक ८ गते ८:००

काठमाडौँ

देशका अधिकांश क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालादेश आसपासमा न्यून चापीय क्षेत्र विकास भएकाले त्यसको सामान्य प्रभाव परेको हो ।

Advertisement

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली भएको छ ।

शनिबार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

Advertisement

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया