तनहुँ हाइड्रोको सुरुङस्थलको काम धमाधम

रासस, दमौली
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको तनहुँ जलविद्युत आयोजनाको सुरुङस्थलको काम दशैंमा पनि निरन्तर भइरहेको छ ।
एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ ।
विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो ।
सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ ।
खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।
आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर ९प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।
तस्वीर ः कृष्ण न्यौपाने, रासस
तपाईको प्रतिक्रिया