गण्डकीमा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

समाधान संवाददाता २०७७ कार्तिक १३ गते १६:००

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ ।

आज थप १ सय २ जना कोरोना संक्रमित थपिएका सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको हो ।

Advertisement

प्रदेशका ७ जिल्लामा १ सय २ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका ४६ जना छन् । गोरखामा २७, नवलपरासीमा १२, तनहुँमा ९, म्याग्दीमा ५, पर्वतमा २ र लमजुङमा १ संक्रमित थपिएका छन् ।

Advertisement

गण्डकीमा यससँगै कुल कोरोना संक्रमितको संख्या ७ हजार ४७ पुगेको छ । तीमध्ये ४ हजार ६६ जना निको भएका छन् भने ७२ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया