पूर्वसभामुख महरा पत्नी सीताको निधन

समाधान संवाददाता २०७७ कार्तिक १९ गते ९:११

काठमाडौं

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

Advertisement

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको हो।

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

Advertisement

उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्।

तपाईको प्रतिक्रिया