मुख्य न्यायाधिवक्ता घिमिरे संक्रमणमुक्त

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १३:३५

पाेखरा

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे काेराेना संक्रमणमुक्त भएका छन् ।

दसैं अघि फूलपातीका दिन उनीसँगै पत्नी अर्जना र आमा मालिकादेवीमा काेराेना पुष्टि भएकाे थियाे । त्यसपछि उनीहरु निजी निवासमै आइसाेलेसनमा बसेका थिए ।

Advertisement

डा घिमिरेले फेसबुकमा लेखेकाे छन्, काेभिड-१९ संक्रमणका कारण घरमै आइसोलेसनमा बसेको १५ दिन पश्चात् पत्नी अर्जना र म कोरोना संक्रमण मुक्त भएका छौं । यस अवधिमा यहाँहरु सबैले प्रदान गर्नु भएको सहयोग, सल्लाह, सुझाव, हौसला, सदभाव र आशीर्वादको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

आमा मालिका देवि घिमिरेको स्वास्थ्य राम्रो रहेको र पुन परीक्षण १४ दिन पछि गर्ने सल्लाह प्राप्त भएको उनले बताए ।

Advertisement

उनीभन्दा ३ दिनपछि काेराेना पुष्टि भएका प्रदेशका प्रमुख सचिव अहिले हाेम आइसाेलेसनमा छन् ।

गण्डकी प्रदेशसभा सदस्यहरु रामबहादुर गुरुङ, दीपक काेइराला, गायत्री गुरुङ, विनाेद केसी पनि काेराेना पुष्टिसँगै आइसाेलेसनमा छन् ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई बुधबार काेराेना पुष्टि भएकाे छ ।

विधायन समिति सभापित माेहनप्रसाद रेग्मी काेराेना पुष्टि भएकाे ४० दिनपछि निकाे भएर नियमित काममा फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया