स्वरोजगार सहकारीको सेयर पुँजी १ करोड ८० लाख

समाधान संवाददाता २०७७ कार्तिक २३ गते ९:१९

समाधान संवाददाता, पोखरा

स्वरोजगार कृषि सहकारी संस्था लिमिटेड पोखरा १७ बिरौटाले सेयर पुँजी बढाएर १ करोड ८० लाख २८ हजार ३ सय रुपैयाँ पुर्‍याएको छ ।

सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी १ करोड ५५ लाख २ हजार ९ सय रुपैयाँ थियो ।

Advertisement

सहकारीको शनिबार भएको छैटौं साधारणसभाको समापन कार्यक्रममा अध्यक्ष मनबहादुर भुजेलले सहकारीको यस आर्थिक वर्ष निक्षेप घटेको जानकारी दिए ।

गत वर्ष सहकारीको निक्षेप १ करोड ५३ लाख ७२ हजार १ सय ८१ रुपैयाँ रहेकोमा यस आर्थिक वर्षमा घटेर १ करोड ८ लाख ८७ हजार ७सय ८६ कायम भएको छ ।

Advertisement

सहकारीले यस आर्थिक वर्षमा २ करोड १५ लाख ५० हजार ८ सय २४ रुपैयाँ कर्जा लगानी गरेको छ ।

सहकारीले गत आर्थिक वर्षमा २ करोड १७ लाख ३४ हजार ३ सय ४१ रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सहकारीले यस आर्थिक वर्षदेखि जगेडा कोषको व्यवस्था गरेको छ । सहकारीको खुद मुनाफा २ लाख १३ हजार ९ सय३ रुपैयाँमध्येबाट २५ प्रतिशत अर्थात ५३ हजार जगेडा कोषमा राखेको अध्यक्ष भुजेलले जानकारी दिए ।

मिल्दो जुल्दो प्रकृतिको सहकारीसँग मर्ज गर्ने नीति पारित गरेको जानकारी दिँदै उनले सहकारीले कृषि र पशुपालनको क्षेत्रमा लगानी बढाउने बताए ।

पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख तथा दर्ता अधिकारीले अनिल कार्कीले सभाको उद्घाटन गर्दै सहकारीले बचत तथा ऋणको काम नगरी व्यवसायीक योजना बनाएर उत्पादन क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

‘सहकारीले कुल पुँजीको ७० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नु पर्छ, ‘उनले भने, ‘कृषि उद्योग गरेर शेयर सदस्यहरुलाई रोजगारी सिर्जना गर्नु जरुरी छ ।’

उनले महानगरले सहकारीको प्रारम्भिक अनुगमन गरेको उल्लेख गर्दै अनुगमनले सहकारी बलियो हुने दावी गरे । कार्यक्रममा सहकारीका निवर्तमान प्रबन्ध निर्देशक गोविन्द ताम्रकारलाई दोशल्ला ओढाएर सम्मान गरियो ।

सभामा सहकारीका संरक्षक धु्रव केसी, वरिष्ठ सल्लाहाकार शुक्रराज सुवेदी, उपाध्यक्ष प्रमिला श्रेष्ठ, सचिव सुवास सापकोटा, सञ्चालक समितिका सदस्य यादव गिरी लगायतले सहकारीको कार्य क्षेत्र पोखरा महानगरपालिकाको १० वडामा विस्तार भएको बताए ।

तपाईको प्रतिक्रिया