पोर्चुगल नेसन्स लिगबाट बाहिरियो

समाधान संवाददाता २०७७ कार्तिक ३० गते ८:०२

काठमाडौं

नेसन्स लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा फ्रान्सले पोर्चुगललाई झिनो गोलअन्तरले हराएको छ।

पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न खेलमा घरेलु टिमलाई फ्रान्सले १–० गोल अन्तरले हराएको हो।

Advertisement

यो हारसँगै पार्चुगलको यसअघिको यात्रामा पूर्णविराम लागेको छ भने फ्रान्स फाइनल तर्फको यात्रामा निस्किएको छ।

जितका लागि मिडफिल्डर एनगोलो कान्टेले निर्णायक गोल गरे। उनले खेलको ५३ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

Advertisement

खेलमा अन्य गोल हुन नसक्दा सोही अग्रताका साथ पाहुना टिमले खेल जित्यो।

फ्रान्सका कान्टेले राष्ट्रिय टिमबाट ४४ खेल खेल्दै दोस्रो गोल गरेका हुन्।

यसअघि फ्रान्सको राजधानी पेरिसमा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेमा थिए।

जितसहित १३ अंक बाएको फ्रान्स समूह ए ग्रुप तीनको शीर्षस्थानमा छ भने १० अंक बनाएको पोर्चुगल दोस्रो स्थानमा छ।

सोही समूह अन्तर्गतको अर्को खेलमा स्विडेनले घरेलु मैदानमा क्रोएसियालाई हराउँदै तीन अंक जोडेको छ। स्विडेनले २–१ गोलको जित निकालेको हो।

तपाईको प्रतिक्रिया