स्वप्नद्रष्टा सूर्यबहादुर
रमेश पौडेल
“भाका,भूल दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो
थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो”
कवि शिरोमणि लेखनाथ पौड्यालद्वारा लिखित यो कविताको मर्म बोध गर्दै सूर्यबहादुर केसीप्रति हार्दिक श्रद्दासुमन अर्पण गर्दछु ।
केसी व्यक्ति नभई सिंगो इतिहास हुनुहुन्थ्यो । पढ्नेहरुका लागि खुला किताब पनि । बृहत् ज्ञानको भण्डार बहुआयामिक व्यक्ति भएकाले कहाँबाट उहाँका बारेमा कलम चलाऊँ, यसै शून्यमा हराउँदो रहेछ मन । सायद म सञ्चारकर्मी भएकाले उहाँलाई त्यही आँखाले हेर्छु ।
सम्भवतः उद्योग व्यवसायी, बैँकर वा अरु कुनै पेसामा आवद्घ भएका भए उहाँप्रतिको मेरो बुझाइ फरक हुने थियो । यसकारण भन्न मन लाग्छ – उहाँ बादलको घेरा हुनुहुन्थ्यो जसले जुनसुकै आकारमा बुझ्न र विश्लेषण गर्न पनि सक्छ ।
रेडियो बाराही ९९.२ का संरक्षक केसीमा हरेक क्षेत्र बुझ्ने तिक्ष्ण खुबी थियो । सूचना र सञ्चारको क्षेत्रमा उहाँले पु-याउनु भएको योगदानले उहाँलाई हामी सदा हाम्रो माझ पाउने छौँ ।
उहाँ कुनै पनि पक्षको सामाजिक, राजनैतिक, आर्थिक पाटो मिहीन रुपमा केलाएर निष्कर्ष निकाल्नुहुन्थ्यो । जहाँ जुनसुकै विषयमा बोल्दा पनि बलियो तर्क प्रस्तुत गर्ने उहाँको वाकपटुता उदाहरणीय थियो ।
उहाँमा बोल्नका लागि मात्रै बोल्ने बानी थिएन । सूचना र सञ्चारको महत्व बोध गर्ने केसीले कुन समयमा के आवश्यक हुन्छ भन्ने विषय प्रस्तुत गरी आफ्नो विचार सञ्चारमाध्यममार्फत प्रस्तुत गर्नुहुन्थ्यो ।
त्यसकारण उहाँ मिडियाकर्मीहरुका लागि आकर्षणका पात्र हुनुहुन्थ्यो । लाग्छ, उहाँ मिडियाप्रेमी हुनुहुन्थ्यो । आफूले जाने बुझेका ज्ञान सीप यही धर्तीमा बाँडेर छाड्नुपर्छ, सो ज्ञान केवल आफूमै निहीत गरियो भने जीवन व्यर्थ हुन्छ भन्ने उहाँको भनाइबाट म निकै प्रभावित थिएँ ।
युगीन आवश्यकता बुझेर उद्योग व्यवसाय सञ्चालन गर्ने दक्षता केसीमा भएकाले उहाँ नेपाली उद्योग व्यवसायका क्षेत्रमा कहिल्यै नअस्ताउने ध्रुवतारा भएको महसुस हुन्छ ।
आज उहाँ आफ्नो भौतिक शरीर लिएर चिरयात्रामा गए पनि उहाँले देशलाई धेरै कुरा दिएर जानुभएको छ । रगतको नातामात्रै होइन विचार र भावनाको नाता पनि त्यतिकै प्रगाढ हुन्छ । धेरै मान्छे उहाँको निधनबाट स्तब्ध छन्, कारण यही हुनसक्छ ।
युगीन आवश्यकता बुझेर उद्योग व्यवसाय सञ्चालन गर्ने दक्षता केसीमा भएकाले उहाँ नेपाली उद्योग व्यवसायका क्षेत्रमा कहिल्यै नअस्ताउने ध्रुवतारा भएको महसुस हुन्छ ।
उहाँका पिता कृतिबहादुर केसीकै विराशताले गर्दा उहाँमा उद्यमशीलताको लगाव थियो । आजभन्दा चार दशक पहिला नेपालमा रारा चाउचाउ उद्योग सञ्चालन गर्नु यसको प्रत्यक्ष उदाहरण हो ।
एसियाकै पहलो चाउचाउ रारा अहिले नेपालको परिचायक गौरव बनेको छ । नेपालमा कुनै पनि चाउचाउको प्रवर्दनले केसीको स्मरण पक्कै पनि गराउने छ ।
रारा चाउचाउ उद्योग केवल चाउचाउको क्षेत्रकालागि मात्र होइन पोखरामा उद्योग व्यवसाय सञ्चालन र विकासको पूर्वाधार पनि हो किनकि यो उद्योगले नै पोखरेली उद्योग व्यवसायीहरुलाई सफल व्यवसायी बन्ने प्रेरणा दियो ।
अहिले उहाँको निधनले पोखराका मात्र नभई नेपालकै उद्योग व्यवसायीहरु अभिभावक गुमाएको महसुस गरेका छन् । उहाँले समयको माग र देशको आवश्यकता मनन गरी हाइड्रो, शिक्षा, पर्यटन, निर्माण व्यवसाय, कृषि तथा सूचना र सञ्चार जस्ता हरेक क्षेत्रमा लगानी गरी नेपाललाई आत्मनिर्भरताको बाटोमा डो¥याएको पाइन्छ ।
उहाँले बैंक तथा वित्तीय क्षेत्रमा पु-याउनुभएको योगदान माछापुच्छ्रे बैंकको सफलताबाट प्रष्ट हुन्छ । त्यसकारण राष्ट्रप्रति समर्पित सफल उद्योगी उहाँको पहिचानको एउटा पाटो हो ।
कुनै पनि देशलाई सफल र विश्वसामु चिनाउने त्यही देशका नागरिकले हो । हरेक व्यक्ति देशप्रति इमानदार, जिम्मेवार र बफादार हुनु आवश्यक छ ।
निरन्तर काममा खट्ने केसीमा थकान थिएन । कहिलेकाहीँ उहाँ भन्नुहुन्थ्यो, ‘बुढेसकालमा शरीर नचले पनि दिमाग चलाएर म सक्रिय जीवन जिउने छु ।’ बिडम्बना उहाँ ६३ वर्षकै सक्रिय उमेरमा सबै सपना साथमा बोकी कहिल्यै नफर्कने यात्रामा जानुभयो ।
एक असल नागरिकले मुलुकलाई समृद्घ बनाउन कुनै न कुनै रुपमा योगदान दिनुपर्छ भन्ने सोचका धनी केसीमुलुकको समृद्घिका स्रोतहरु प्रकृति र प्राकृतिक वस्तुहरु नै हुन् भन्नुहुन्थ्यो ।
जब प्राकृतिक स्रोत र साधनको सही प्रयोग गर्न सकिन्छ तब देशको विकासले गति लिन्छ । उहाँमा हावा, पानी, माटो, ढुंगा, रुखविरुवा जे जहाँ पनि सम्भावना देख्ने विशेष गुण थियो ।
निरन्तर काममा खट्ने केसीमा थकान थिएन । कहिलेकाहीँ उहाँ भन्नुहुन्थ्यो, ‘बुढेसकालमा शरीर नचले पनि दिमाग चलाएर म सक्रिय जीवन जिउने छु ।’ बिडम्बना उहाँ ६३ वर्षकै सक्रिय उमेरमा सबै सपना साथमा बोकी कहिल्यै नफर्कने यात्रामा जानुभयो ।
केसीको अर्को पहिचान राजनीति हो । कुनै पनि मुलुक राजनीतिक संगतिले मात्र गतिशील बन्नसक्छ । उहाँको राजनीतिक यात्रामा धेरै उतारचढाव देखिन्छ ।
खासमा उहाँ २७ वर्षको उमेरबाट यो क्षेत्रमा प्रवेश गर्नुभएको थियो । प्रजातन्त्र र समाजवादमा विश्वास गरेकै कारण उहाँ उत्पादन क्षेत्रमा लाग्नु भएको थियो ।
राजनीतिका कारण कुनै कुर्चीमा बसेको व्यक्तिले उक्त पद र कुर्चीको मर्म बुझेर जनसेवी बन्नुपर्छ । त्यही विचारकै कारण पञ्चायत कालमा उहाँ पोखरा नगरपञ्चायतको प्रधानपञ्च बन्नुभयो ।
महेन्द्रपुल निर्माण, सभागृह निर्माण, विमानस्थल निर्माणका लागि मुआब्जा वितरण प्रक्रिया, कालिका बहुमुखी क्याम्पस स्थापनासहित अन्य शैक्षिक संस्थाको स्थापना, धार्मिक क्षेत्र विकासमा सहयोग उहाँको कार्यकालका प्रतिनिधि कार्य हुन् ।
पोखरामा रिङरोडको अवधारणा, उज्यालो पोखराको परिकल्पना, पर्यटन विकासको पूर्वाधार विकासका पक्षमा उहाँले पस्केका विचारहरु जीवन्त छन् ।
खास गरी भ्रष्टाचारको विरोध उहाँको राजनीतिक मुद्दा हो । राजनीतिलाई कमाउने मार्ग बनाउने व्यक्तिको राजनीतिप्रति उहाँलाई घृणा थियो ।
राजनीति सेवा हो पेसा होइन, पैसा कमाउन काम गर्नुपर्छ भन्ने मन्त्रले नै उहाँलाई उद्यमशीलतासँगै राजनीतिमा सफलता मिलेको हो ।
२०४६ सालको राजनैतिक परिवर्तन पछि उहाँ दलीय राजनीतिमा प्रवेश गर्नुभयो । तत्कालीन समयमा उहाँ राप्रपामा रही दुई कार्यकाल केन्द्रीय कोषाध्यक्ष भई कार्य सम्पादन गर्नुभयो ।
उहाँ संविधान सभाको सदस्य पनि रहनुभएको थियो । संविधान लेखिरहँदा उहाँमा एकप्रकारको छटपटी भयो । संविधानमा प्रस्तावित कतिपय बुँदाहरुले उहाँको राजनीतिक विचारधारानै परिवर्तन गरिदियो ।
उहाँ एउटा खुला किताब भएकाले पढ्नुपर्ने धेरै पानाहरु छन् । उहाँको अवसानले लाग्छ एउटा युगको अन्त भएको छ । परिवर्तनका लागि सकारात्मक सोच आवश्यक पर्छ,लोभ मोहले कुनै पनि व्यक्तिलाई क्षणिक लाभ त हुन्छ तर त्यसको पछि लाग्नु बुद्घिमानी होइन भन्ने उहाँका विचारहरु स्मरण योग्य छन् ।
नेपाली भाषा, धर्म, संस्कार, परम्परामाथिको आक्रमणको उहाँले खुलेर विरोध गर्नुभयो । आफ्नोपन गुमाउँदै जाँदा राष्ट्रको अस्मिता उजाडिन्छ, राष्ट्र जोगाउन लागि यहाँका पहिचानहरु जोगाउनु आवश्यक छ भन्दै उहाँ सनातन हिन्दु धर्मका पक्षमा उभिनुभयो ।
पछिल्लो समय उहाँ कांग्रेसमा प्रवेश गर्नुको कारण पनि यही हुनसक्छ । कांग्रेसबाट उहाँ प्रतिनिधि सभाको समानुपातिक सांसद रहनु भएको थियो ।
उहाँका तीनभाइ छोरा प्रकाश, किरण र रोशनमा उद्यमशीलता,कुशलता र दक्षता छ । बुबाको बहुआयामका क्षेत्रलाई उनीहरुले के कसरी अगाडि बढाउँछन् वा उहाँको विरासतलाई कुन रुपमा थाम्छन् त्यो प्रतीक्षाकै पाटो हो ।
अत्यन्त मिलनसार, मृदुभाषी केसीलाई समाजसेवीका रुपमा चिन्नेहरु धेरै छन् । सक्ने र हुनेले आफ्नो कमाइको केही हिस्सा समाजमा खर्च गर्नुपर्छ भन्दै उहाँले समाजमा उद्यमशीलताको विकास, विपन्न वर्गको जीवन यापन, महिला सशक्तीकरणलगायत क्षेत्रमा आर्थिक सहयोग गर्नुहुन्थ्यो ।
यहीबाट लाभान्वित भई कतिपय व्यक्तिहरु उद्योगी, व्यवसायी भएका उदाहण हाम्रा सामु छँदैछन् । नेपाली एउटा भनाइ छ ‘धन हुनेको मन हुँदैन, मन हुनेको धन’ तर उहाँको व्यवहारले यो भनाइलाई निरर्थक बनाइदियो । उहाँ मनकारी समाजसेवीका रुपमा स्थापित हुनुभयो ।
उहाँ एउटा खुला किताब भएकाले पढ्नुपर्ने धेरै पानाहरु छन् । उहाँको अवसानले लाग्छ एउटा युगको अन्त भएको छ । परिवर्तनका लागि सकारात्मक सोच आवश्यक पर्छ,लोभ मोहले कुनै पनि व्यक्तिलाई क्षणिक लाभ त हुन्छ तर त्यसको पछि लाग्नु बुद्घिमानी होइन भन्ने उहाँका विचारहरु स्मरण योग्य छन् ।
लाग्छ नेपाल आमाले एउटा असल पुत्र गुमाएकी छिन् । अहिले आमा शोकमा छिन् । जाँदाजादै शोकाकुल परिवारजनलाई हार्दिक समवेदना !
यो पनि
अनि खुल्यो सार्कको पहिलो चाउचाउ उद्योग
बहुदलका पक्षमा पोखरा पञ्चायतको त्यो निर्णय
जसले मलाई उद्यमी बन्न प्रेरित गरे
जेलका कांग्रेस र कम्युनिस्टलाई च्यांग्रो पठाउने सीताराम
तपाईको प्रतिक्रिया