क्युकोसिन कानमा पदपूर्ति

समाधान संवाददाता २०७७ मंसिर ७ गते १२:१०

समाधान संवाददाता, पोखरा

कास्की जिल्ला क्युकोसिन कान कराँते संघको १० आंै साधारण सभा सम्पन्न भएको छ । सभाले रिक्त पदपूर्तिसमेत गरेको छ ।

संघमा सुजन आचार्यलाई कोषाध्यक्ष तथा सुनील थापा र अर्जुन बरामलाई सदस्य चुनिएको छ ।

Advertisement

संघले कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि सञ्चालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ ।

संघको सभाले आगामी दिन खेलाडीको हौसला वृद्धि गर्न पदक विजेता खेलाडीलाई निरन्तरतासमेत दिने भएको छ ।

Advertisement

सभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताए ।

उनले खेलकुदको क्षेत्रमा भएको खराब कुराहरुलाई फाल्दै खेलाडीको हकहितका लागि काम गर्नुपर्ने खाँचो औंल्याए । राष्ट्रियस्तरमै सबैभन्दा बढी पदक ल्याउने खेल मार्सल आर्ट भएपनि राज्यले खेललाई ओझेलमा पारेको उनले बताए ।

सदस्य श्रेष्ठले उत्कृष्ट नतिजा हासिल गर्न खेलाडी तयार गर्न आग्रह गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखाप्रमुख डिबी नेपालीले खेलकुद संस्थाहरुका कोषाध्यक्ष र सचिवको प्रतिवेदन विरलै सार्वजानिक हुने गरेको सुनाए ।

नेपाल क्युकोसिन कानका केन्द्रीय प्रशिक्षक राजेन्द्र सुवेदीले कोभिडका कारण प्रशिक्षणमा समस्या परे पनि पोखरा लगायत केही सहरमा भने सुरक्षा विधि अपनाएर मुख्य खेलाडीलाई प्रशिक्षण दिइरहेको बताए । कास्कीले अहिलेसम्म देशभर उत्कृष्ट नतिजा ल्याउँदै आएको उनले सुनाए ।

कार्यक्रममा जनप्रतिनिधि राधिका शाही, संघका पदाधिकारी दानबहादुर क्षेत्री, अध्यक्ष बेलबहादुर थापा लगायले आफ्नो भनाइ राखेका थिए ।

कोषाध्यक्षको प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया