अस्फाल्ट प्रविधिबाट मोटरबाटो निर्माण

समाधान संवाददाता २०७७ मंसिर १० गते ११:०१

समाधान संवाददाता, नवलपुर

देवचुली नगरपालिका वडा नम्बर १२ को कुनाघाट गौंडी सीताबास सडक खण्डको निर्माण भएको छ ।

गण्डकी प्रदेश सभाको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ९० लाख १० हजार ४ सय ५०को लागतमा अस्फाल्ट प्रविधिको प्रयोगगरी १ हजार १ सय २८ मिटर लामो सडक कालोपत्रे गरिएको हो ।

Advertisement

गण्डकी प्रदेश सभाका सदस्य रोशन गाहामगरले बाटोको उद्घाटन गर्दै संघीयताकै कारण विकासका कार्यहरुले गति लिएको दाबी गरे ।

प्रदेश तथा स्थानीयतह गठनपछिविकासका कार्यहरुमाकेन्द्रकै बजेट कुर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।

Advertisement

‘पहिला पहिला सिंहदरबार पुगेर, गेटमा कति बेला नाम आउँछ र भित्र जान पाइन्छ भनेर कुर्नुपथ्र्यो, अहिले त्यो अवस्था छैन,’ उनले भने, ‘प्रदेश सरकार र स्थानीयतहको समन्वयमा योजना छनोटदेखि बजेट पार्ने कुराहरु सहज भएको छ । सानादेखि ठूला विकासका कार्यहरुले गति लिएका छन् ।’

उनले दलीय राजनीतिभन्दा माथि उठेर विकास निर्माणका काम अगाडि बढाउनुपर्ने बताए ।

देवचुली नगरपालिकाकाउपमेयर पार्वता तिवारीले नगरको विकासकालागि जनप्रतिनिधिहरु सक्रियता पूर्वक लागेको बताइन् ।

पूर्वाधारहरुमात्रै नभएर आर्थिक उन्नयनका विषयमापनि नगरपालिका अगाडि बढेको उनको भनाइ थियो ।

देवचुली–१२का वडाध्यक्ष दिनानाथ भुसालले निर्वाचनका बेला जनतासामु गरिएका बाचाहरु कार्यान्वयन गर्न दत्तचित्त भएर लागिरहेको बताए ।

अहिले प्रदेश सरकारको बजेटमा बाटो पिच भएको उल्लेख गर्दै उनले निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार योजनाबद्ध ढंगले काम भएको दाबी गरे ।

तपाईको प्रतिक्रिया