सुरक्षा सामग्री वितरण

समाधान संवाददाता २०७७ मंसिर १४ गते १०:३१

समाधान संवाददाता, पोखरा

साविक भरत पोखरी गाविसको वडा नं ५,६,७,८ र ९ का ६५ वर्ष नाघेका २ सय २६ ज्येष्ठ नागरिकलाई सुरक्षा सामग्री वितरण गरिएको छ ।

कोरोना भाइरसको संक्रमण र जाडो मौसमबाट वृद्ध तथा ज्येष्ठ नागरिकलाई सुरक्षाका निम्ति न्यानो टोपी,पन्जा,मोजा,गलबन्दी,हात धुने झोल साबुन,चार्जर लाइटसाथै न्युट्रिसियस फुडपनि वितरण गरिएको छ ।

Advertisement

युनएफपिएको आर्थिक सहयोगद्वारा नेपाल युवा संस्था सञ्जाल(आयोन)ले आयोजना गरेको सुरक्षा सामग्री वितरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङले आफू पनि अब केहीवर्षपछि ज्येष्ठ नागरिक बन्ने हुनाले अब बँचेको आफ्नो कार्यकाल ज्येष्ठ नागरिकको हक र हितका लागी खर्चने बताइन् ।

पोखरा ३३का वडाध्यक्ष शिवप्रसाद आचार्यलेज्येष्ठ नागरिकको सुरक्षाका लागि बाँडिएका सुरक्षा सामग्री राम्रोसँग प्रायोग गर्न अनुरोध गरे ।

Advertisement

आयोनले १४ वर्षदेखि नेपाल युवाहरुको क्षेत्रमा काम गर्ने संस्था भए पनि योवर्षदेखि ज्येष्ठ नागरिकहरुका लागि पनि काम गर्न थालेको छ ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्य भएको कार्यक्रममा चौतारीका उपाध्यक्ष केशवराज लम्साल,ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश प्रमुख कुसुमकेशव पराजुली लगायतले पनि बोलेका थिए ।

बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीका संस्थापक अध्यक्ष भूपतिश्वर लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव मोती भुजेलले चलाएका थिए ।

तपाईको प्रतिक्रिया