तिमल्सेना पुरस्कृत, न्यौपाने सम्मानित

समाधान संवाददाता २०७७ मंसिर १६ गते ९:५०

समाधान संवाददाता, पोखरा

भेषजराज साहित्य प्रतिष्ठानले भीरकोट नगरपालिकामा ३१औँ रचनावाचका साथमा पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम हालै सम्पन्न गरेको छ ।

स्याङ्जाको वालिङमा स्थापित संस्कृति, भाषा, साहित्य, कलाको संवृद्धिका लागि विगत डेढ दशकभन्दा अघिदेखि अनवरत रूपमा क्रियाशील साहित्यिक संस्था हो ।

Advertisement

कार्यक्रमका भीरकोट नगरपालिकाका नगरप्रमुख छायाराम खनालले साहित्यकारहरू विभाजित भएर होइन जुटेर कार्य गर्दा बढी प्रतिष्ठित र सफल हुन सक्ने, साहित्यकारहरूलाई स्थानीय सरकार, केन्द्रीय सरकारले समेत संरक्षण गर्नुपर्ने औंल्याए ।

प्राडा रविलाल अधिकारीले भेषजराजको साहित्यिक योगदानको स्मरण गरे ।

Advertisement

पुरस्कृत व्यक्तित्व र सम्मानित व्यक्तित्व दुवै असल पात्र छानिएकामा प्रसन्नता व्यक्त गरे ।

यसैगरी पुरस्कृत व्यक्तित्व प्राडा पशुपतिनाथ तिमल्सेना र सम्मानित व्यक्तित्व डा.श्यामप्रसाद न्यौपानेले क्रमशः पुरस्कृत र सम्मानित मन्तव्य राखे ।

साहित्यकार देवीप्रसाद वनवासी, साहित्यकार देवेन्द्र लम्साल, सूर्यप्रसाद डुम्रे, सीताराम अधिकारी, हनिफ मियाँ, तिलक भट्टराई अन्जान, नारायणप्रसाद ज्ञवाली, असफल गौतम, दिनेश पाठक, जनक पाण्डे, मातृका अर्याल, मिलन समीर लगायतले रचनासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बालप्रतिभा बिहानी पंज्ञानी लगायत कविहरू केदार विकल, नारायणप्रसाद रेग्मी, शम्भु अर्यालतथा सामाजिक सञ्जाल जुमबाट प्रेमराज लुइँटेल, मित्रलाल पंज्ञानी, प्रेमराज अधिकारी, गंगा कर्माचार्य, पीताम्बर नेपाली, नारायण मरासिनी लगायतका स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

भीरकोट–६ होटल भीरकोट भिल्लाको सभाहलमा सञ्चालित कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल, स्वागत मन्तव्य उपाध्यक्ष विष्णुप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव श्यामप्रसाद ढुंगानाले गरेका थिए ।

तपाईको प्रतिक्रिया