सराङकोटमा घरभित्रै मृत भेटिइन् महिला

समाधान संवाददाता २०७७ मंसिर २२ गते १६:१६

समाधान संवाददाता, पोखरा

पोखराको सराङकोटमा १ महिला घरभित्रै मृत भेटिएकी छन् । पोखरा महानगरपालिका १८ सिम्ताल सराङकोट बस्ने ५५ वर्षे मन्जु राई सोमबार बिहान घरमै मृत भेटिएकी हुन् ।

प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार ओलखढुंगाको वंखु गाउँपालिका ६ घर भए पनि उनी श्रीमानसँग पोखरा बस्थिन् ।

उनीहरु स्थानीय कृष्ण जिसीको कच्ची घरमा डेरमा बस्ने गरेको प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया